बुटवल । सिटिजन्स बैंकको बुटवल क्षेत्रमा कार्यरत ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि उनीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । बैंकको केन्द्रीय मुद्दा शाखामा कार्यरत एक जना सहित रुपन्देहीमा कार्यरत ६ जना कर्मचारीलाई नेपाल प्रहरीको काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । प्रहरीको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद…