२३ चैत्र २०८२, सोमबार | April 6, 2026

जसपा मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । मधेश प्रदेशसभामा जसपाको १६ सांसद छन् ।