जनकपुर । नेपालको एक मात्र जनकपुर–जयनगर रेल्वे सेवाले आफनो क्षेत्र विस्तार गरेको छ ।जसअनुसार आजदेखि उक्त रेल आफनो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको उक्त रेल सेवाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्दैछन्। आइतवार बिहान साढे १० बजे महोत्तरीको भंगहा…