नेपालगन्ज । बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ । विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगन्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए । “पहिले भारतको बाटो हुँदै नेपालगन्ज…