हेटौंडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारलाई अधिकार र श्रोतसाधनबिहीन बनाइदा चरा लखेट्न राखेको बुख्याँचा जस्तो बन्दै गइरहेको बताएका छन् । सोमबार हेटौँडामा आयोजित निकास साप्ताहिकको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारमा अधिकार, श्रोतसाधन र जनशक्तिको अभाव रहेको बताएका हुन् । उनले अधिकार, श्रोतसाधन र जनशक्तिको अभावमा…