४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेययबीच भेटवार्ता भएको छ । आज बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुख पाण्डेयले सभामुख घर्तीलाई स्वागत गरे । भेटवार्ताका क्रममा सभामुख घर्तीले प्रदेशसभाले स्थानीय सरकारसँग कानून निर्माण र कार्यान्वयनलगायत समन्वय र सहकार्य गर्ने गरी तयारी गरिरहेको बताए । सभामुख घर्तीले प्रदेशसभाले बनाएका कानून कार्यान्वयन गर्ने…