२१ बैशाख २०८३, सोमबार | May 4, 2026

सिटिजन्स बैंकको बुटवल क्षेत्रका ५ सहित ६ जना कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्र अभियोगमा पक्राउ



बुटवल । सिटिजन्स बैंकको बुटवल क्षेत्रमा कार्यरत ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि उनीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकको केन्द्रीय मुद्दा शाखामा कार्यरत एक जना सहित रुपन्देहीमा कार्यरत ६ जना कर्मचारीलाई नेपाल प्रहरीको काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । प्रहरीको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले बैंकका विभिन्न शाखामा कार्यरत ६ जनालाई पक्राउ गरिएको पुष्टी गरे ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बुटवल शाखाका मनिषा मास्के र खिमानन्द गौतम, मनिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाबाट कल्पना खत्री र प्रतिक्षा रेग्मी, तथा मुद्दा शाखामा कार्यरत दिपक विष्ट रहेका छन् ।

पक्राउ सम्बन्धमा सिटिजन्स बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले अनविज्ञता प्रकट गरे । उनले यो सम्बन्धमा आफुलाई केही थाहा नभएको बताउँदै केन्द्रबाट नै सबै कुरा थाहा हुने बताए ।

नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा नेपाल प्रहरीले लगातार अप्रेशन चलाइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ४६ बजे

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका