२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सिटिजन्स बैंकको बुटवल क्षेत्रका ५ सहित ६ जना कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्र अभियोगमा पक्राउ



बुटवल । सिटिजन्स बैंकको बुटवल क्षेत्रमा कार्यरत ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि उनीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकको केन्द्रीय मुद्दा शाखामा कार्यरत एक जना सहित रुपन्देहीमा कार्यरत ६ जना कर्मचारीलाई नेपाल प्रहरीको काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । प्रहरीको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले बैंकका विभिन्न शाखामा कार्यरत ६ जनालाई पक्राउ गरिएको पुष्टी गरे ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बुटवल शाखाका मनिषा मास्के र खिमानन्द गौतम, मनिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाबाट कल्पना खत्री र प्रतिक्षा रेग्मी, तथा मुद्दा शाखामा कार्यरत दिपक विष्ट रहेका छन् ।

पक्राउ सम्बन्धमा सिटिजन्स बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले अनविज्ञता प्रकट गरे । उनले यो सम्बन्धमा आफुलाई केही थाहा नभएको बताउँदै केन्द्रबाट नै सबै कुरा थाहा हुने बताए ।

नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा नेपाल प्रहरीले लगातार अप्रेशन चलाइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ४६ बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि