सुर्खेत । सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुम पश्चिमका दुर्गम बस्तीमा बजारीकरण काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल) निर्माणसँगै दैलेख, जाजरकोट र रुकुम पश्चिमका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भएसँगै दर्जनौ नयाँ बजार विस्तार भएको हो । गाउँबस्तीमा यातायातको पहुँच पुगेसँगै थलहबजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र…