काठमाडौं । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदीय आचरण विपरीत गतिविधि गरेको आरोपमा पदमुक्त भएका छन् । बुधबार प्रदेशसभामा प्रस्तुत गरिएको पदमुक्तिको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि मण्डलको पद स्वतः खारेज भएको हो । आज भएको मतदानमा प्रस्तावको पक्षमा ७६ जना प्रदेशसभा सदस्यले समर्थन जनाए भने विपक्षमा एक मत पनि परेन । गत कार्तिक…