सुर्खेत । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन कै दिन नेकपा (एकिकृत समाजवादी)ले खाता खोलेको छ । समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् । डोल्पा जिल्लाका काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएको एकीकृत समाजवादीका उप महासचिव प्रकाश…