पोखरा । गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार संक्रमित हुनेमा १४ दिनका नाबालकसमेत रहेका छन् । मंगलबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका…