५ पुस २०८२, शनिबार | December 20, 2025

मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल

महोत्तरी । मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ । बालविवाहविरुद्धको कानुन र यससँग जोडिएका अभियान सञ्चालनमा रहे पनि यो समस्या मधेसमा अझै रहेको तथ्यांकले देखाएको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार राष्ट्रिय तथ्यांक कार्यालय थापाथली काठमाडौंले प्रकाशित गरेको तथ्यांकमा मधेसमा अझै १० वर्ष नपुग्दै विवाह हुने पनि पाइएको उल्लेख छ…