खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधनहरूलाई इलाका प्रहरी कार्यालय धनौली खजुराले नियन्त्रणमा लिएको छ । खजुरा गाउँपालिका–५, ६ र ८ का विभिन्न स्थानका सरकारी सार्वजनिक ऐलानी जग्गाबाट अवैध रूपमा माटो तथा बालुवा उत्खनन् र ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उत्खनन्मा प्रयोग भएका सवारी साधन…