नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ४ वर्षिय बालकसँग अप्राकृतिक यौनकार्य गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । राप्तीसोनारी वडा नम्बर ५ मा १७ बर्षिय किशोरले ४ बर्षका बालकलाई जबरजस्ति अप्राकृतिक यौनकार्य गरेको आरोपमा किशोर पक्राउ परेका हुन् । बुधबार बिहान १० बजेतिर घरमा कोही नभएको अवस्थामा ती बालकलाई जबर्जस्ती अप्राकृतिक यौनकार्य गरेको प्रहरीले जनाएको छ…