१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बुटवलमा ‘रोयल ग्रुप’ नाम बनाई व्यवसायीबाट असुली गर्ने दुई जना हातहतियार र विष्फोटक पदार्थसहित पक्राउ



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले हातहतियार र विष्फोटक पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट विभिन्न हात हतियार र विष्फोटक पदार्थसहित इलाका प्रहरी कार्यालय बुटवलले सोमबार साँझ दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका-४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका-२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेको जानकारी दिएको छ ।

उनीहरु ‘रोयल ग्रुप’ नामक समूह बनाई विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिई असुली गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा नविनको साथबाट १ थान रिभल्वर फेला परेपछि दुवै जनालाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सैनामैना नगरपालिका-१ पर्रोहास्थित नविनको कोठामा तलासी गर्दा ९ एमएमको गोली १४ राउण्ड, ७.२ एमएमको गोली ४ राउण्ड ३५ राउण्ड र ०.४ को गोली १७ राउण्ड गरि कुल ३५ राउण्ड गोली पक्राउ गरेको छ । तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

नवीन चन्द्र रेग्मी विगतमा जनमुक्ति सेना रहेको र स्वयच्छिक अवकास लिएर बसेको अनुसन्धानको क्रममा बुझिएको प्रहरीले जनाएको छ । रुपन्देहीका उद्योगी व्यवसायीहरुको लिष्ट नै तयार पारी १० हजारदेखि लाखौ रकमसम्म असुलीका लागि धम्की दिने गरेको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए । २ हप्ता अगाडि उजुरी आएपछि अनुसन्धानमा लागेको उनले बताए ।

उनीहरुलाई हातहतियार तथा विष्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ३ : ३८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम