झापा । झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरले शुक्रबार साँझ उनीहरुलाइ नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएकाहरुमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ बर्षिय र सुनसरी जिल्ला रामधुनी…