२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

नयाँगाँउको सडक किनारमा बुटवलका युवा मृत फेला

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-१२ नायाँगाउँको राजमार्ग किनारमा एकजना युवकको शव फेला परेको छ । सडकको छेउमा दुर्घटना भएको मोटरसाईकलसँगै बुटवल-११ कालिकानगरका २८ वर्षीय संजय खत्रीको शव फेला परेको हो । सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाईकलको नजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ…