काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले आ(आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । हालै सरूवा भई आ(आफ्नो कार्यक्षेत्र जान लागेका प्रहरी नायव महानिरीक्षकहरूलाई आज मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै…