बुटवल । लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा अपरान्ह ३ बजे सम्म शान्तिपूर्ण तरीकाबाट मतदान चलिरहेको प्रदेशका उच्च सुरक्षा अधिकारीहरुले बताएका छन् । मतदान केन्द्रहरुको स्थलगत अनुगमनमा निस्केको प्रदेश सरकारका मुख्य सचिव सहितको प्रदेशका उच्च स्तरिय सुरक्षा अधिकारीहरुको टोलिले प्रदेशभरी शान्तिपूर्ण मतदान जारी रहेको जनाएको हो । लुम्बिनी प्रदेश सरकारमा मुख्य सचिव डिल्लीराम शर्मा, नेपाली सेनाका बाहिनीपति…