नेपालगन्ज । नेपालगन्जमा सामाजिक सञ्जाल फेसबुक स्टाटसका कारण धार्मिक विवाद उत्पन्न भएर कर्फ्यु लगाउनुपर्ने अवस्था आएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालबाट सामाजिक सदभाव खलबलिने स्टाटस पोष्ट नगर्न आग्रह गरेको छ । प्रहरीको साइबर ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुन्याउने…