५ बैशाख २०८३, शनिबार | April 19, 2026

प्रहरी परिसरभित्रै प्रहरीलाई नै हातखुट्टा बाँधेर यातना, छानबिन समिति गठन

सिरहा। जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ। महोत्तरीको जलेश्वर नगरपालिका- ८ फूलहट्टा घरभई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारी बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो। रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप…