दार्चुला । महाकाली नगरपालिका-४ तिंकर खेडा बस्ने प्रेम सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंह सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिंहको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले सिंह सहित ११ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट नगद ४ लाख २ हजार ३ सय…