२२ माघ २०८२, बिहिबार | February 5, 2026

५ घण्टाको प्रयासपछि भैरहवाको बालसुधार गृहका १७ किशोरलाई स्थानान्तरण

भैरहवा । बाल सुधार गृह रुपन्देहीका १७ किशोरलाई लामो प्रयास पछि स्थानान्तरण गरिएको छ । कारागार विभागले सुधार गृहमा अत्याधिक चाप भएको भन्दै केहीलाई स्थानान्तरण गर्न खोजे पछि मंगलबार केही बेर अवस्था तनावग्रस्त भयो । दिउसो करिब २ बजे बाट तनाव सुरु भएको सुधार गृहमा प्रहरीले संयमता अपनाउँदै करिब ७ बजे स्थिति सामान्य बनाएको थियो…