काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ १ हजार ५ सय ९४ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न नयाँ भर्ना दरखास्त आव्हान गरिएको हो । नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार ५ सय ५३ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ४१…