काठमाडौं । कक्षाकोठामा हो-हल्ला गरेको भन्दै तनहुँकी एक शिक्षिकाले एक जना बालकलाई गालामा तातो पन्युले डामेकी छिन्। भीमाद नगरपालिका-६ शान्तिनगरकी ३४ वर्षीया सुष्मा श्रेष्ठले प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत् एक बालकलाई खाना पकाउने पन्युले गालामा डामेर घाइते बनाएकी हुन्। मंगलबार साढे ११ बजे शिक्षिका श्रेष्ठले कक्षामा हो-हल्ला गरेको भन्दै सजाय दिने बहानामा…