१५ बैशाख २०८१, शनिबार | April 28, 2024

बालिकालाई बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ

दाङ ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा घोराही उपमहानगरपालिका-९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गुरूङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।