५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उनी पूर्णरूपमा यस खेतीमा लागिरहेका छन । छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गरेका हुन । चार सय बोट सुन्तलाबाट बर्सेनि रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिए…