म्याग्दी । बेनी नगरपालिका-३ भकिम्लीमा एक दशकअघि परीक्षणका रुपमा गरिएको किवीखेती अहिले पकेट क्षेत्रको रुपमा विस्तार भएको छ । विंस २०७२ मा पदमबहादुर पुन, लक्षु पुन र पृथ्वीप्रसाद पुनले काठमाडौंबाट ५० बोट किवीका बिरुवा ल्याएर परीक्षणका रुपमा खेती गरेका थिए । तत्कालीन समयमा लगाएका बोटले छ वर्षपछि फल दिन थालेपछि स्थानीय किवीखेतीमा आकर्षित भएका हुन्…