काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका विभिन्न विद्यालयमा अध्ययनरत १९५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । दूतावासले आज काठमाडौंमा आयोजित 'तेह्रौँ पाकिस्तानी राजदूत छात्रवृत्ति वितरण' समारोहमा ती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एकनाथ ढकालले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरे । नेपालभरका विद्यालयहरूका प्रधानाध्यापकहरूले छनोट गरेका जेहेन्दार र असल नेपाली…