८ आश्विन २०८३, बिहिबार | September 24, 2026

द ब्रिटिश कलेजलाई नेपाल एडुकेसन अवार्ड २०२५ मा उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज अवार्ड प्राप्त



काठमाडौ । नेपालको अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई नेपाल एडुकेसन अवार्ड २०२५ मा नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय कलेजको उपाधिबाट सम्मानित गरिएको छ।

कलेज रिडर्सको आयोजनामा युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा TBC को नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयहरू सँगको बलियो साझेदारी, र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय करियरका लागि तयार पार्न गरेको सफलताको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।

कलेजका प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले उक्त सम्मान ग्रहण गर्दै यो पुरस्कार संस्थाको मात्र नभई TBC सँग ठूलो सपना देख्ने हरेक विद्यार्थीको लागि भएको बताए।

उनले यो अवार्डले नेपालमा वास्तविक बेलायती शिक्षा प्रदान गर्ने र विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्नसक्ने नेतृत्व तयार पार्ने हाम्रो अभियानलाई प्रमाणित गरेको छ। हामी नेपाल र विश्वबीचको सेतु बन्न पाएकोमा गर्व गर्दछौं, भनी आफ्नो विचार व्यक्त गरे।

उक्त समारोहमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, मधेश विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, र युनिभर्सिटी अफ ग्रिनीचका वरिष्ठ प्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

व्यक्तिगत अवार्डतर्फ, द ब्रिटिश एजुकेशन ग्रुप का अमरदीप मण्डल, BEG ग्रुप मार्केटिङ हेड, बेलायती शिक्षाको प्रवर्द्धन र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई बढावा दिन पुर्याएको महत्त्वपूर्ण भूमिकाका लागि “उत्कृष्ट शैक्षिक मार्केटर अफ द इयर” बाट सम्मानित भए।

ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिश कलेजले बेलायतका प्रतिष्ठित लिड्स बेकेट युनिभर्सिटी, UWE ब्रिस्टोल, तथा किल युनिभर्सिटीबाट नेपालमै अन्तर्राष्ट्रिय स्तरका स्नातक र स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

यी कार्यक्रमहरूले व्यवस्थापन, कम्प्युटिङ, र अत्याधुनिक प्रविधिका क्षेत्रमा विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार पार्ने लक्ष्य राखेका छन्।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : २६ बजे

एसियाली खेलकुदमा पुरुष क्रिकेट आजदेखि, नेपालले भोलि अफगानिस्तानसँग खेल्ने

काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका खेल आजदेखि

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, पाँच संसदीय समितिको पनि बैठक

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

पाल्पा र कपिलवस्तुमा भारी वर्षा, आजदेखि अझ बढ्ने पूर्वानुमान

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित

कृष्णभिर नजिकै पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित