काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वार्षिक छात्रवृत्ति प्रदान गरेको छ । होटल मेरियटमा आज आयोजित एक कार्यक्रमका बीच दूतावासले ३०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालय शमशेर राणाले पाकिस्तानी दूतावासलाई छात्रवृत्ति प्रदान गरेका छन् । देशका विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयका योग्य विद्यार्थीहरूलाई…