काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनबाट सम्पन्न गरिने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो बर्ष जस्तै यस बर्ष पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीबार (जेठ १४) एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन…