७ बैशाख २०८३, सोमबार | April 20, 2026

कोरोना संक्रमणबाट एकै दिन १९० जनाको मृत्यु, ८३०५ जनामा संक्रमण

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ८३०५ जनामा कोरोनाभाइरस संक्रमण भएको छ भने १९० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ८३०५ जनामा संक्रमण र १९० जनाको मृत्यु भएको जनाएको हो ।यसअघि बुधबार ८१७३ मा संक्रमण भएको थियो भने मृत्यु हुनेको संख्या २४६ रहेको थियो ।