८ आश्विन २०८३, बिहिबार | September 24, 2026

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान व्यवस्थालाई व्यवहारिक बनाउन माग गरेका छन्। उनीहरूले अन्य प्रदेशमा जस्तै अस्पताल नवीकरणको अवधि बढाएर अनावश्यक झन्झटबाट मुक्त गराउन सरकारसँग आग्रह गरेका हुन्। बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनसँग भएको भेटमा निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको अवधि हालको तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्नुपर्ने…