नेपालगन्ज । विगत २० दिनदेखि आन्दोलनमा रहेका कर्मचारीहरुको मागलाई बेवास्ता गर्दै नेपालगन्ज मेडिकल कलेज अन्तर्गतका शिक्षण अस्पतालहरुमा रातारात साईन बोर्ड परिवर्तन गर्ने र नयाँ जनशक्तिका लागि बिज्ञापन खोलिएको छ । सरकारी अस्पतालका कर्मचारीको न्युनतम तलव सरह सुबिधाको माग गर्दै आएका कर्मचारीहरुसँग वार्ता र समस्याबारे छलफल गर्न छाडेर अस्पताल प्रशासन आन्दोलनरत कर्मचारीलाई तर्साउने उद्देश्य सहित साइनबोर्ड…