१६ भदौ २०८३, मंगलबार | September 1, 2026

३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, पेट सम्बन्धी सम्पूर्ण उपचार हुने

बुटवल । बुटवलमा ३ करोडको लगानीमा ग्याष्ट्रो सेन्टर स्थापना भएको छ । वरिष्ठ चिकित्सकसहित चारजना स्वास्थ्यकर्मीहरुको टोलीले ग्याष्ट्रो सेन्टर स्थापना गरेको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा पेट, कलेजो तथा आन्द्रा रोगको सम्पूर्ण उपचार तथा निदान गर्न निजी संस्थाको रुपमा ग्याष्ट्रो सेन्टर प्रालि स्थापना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।…