नेपालगन्ज । बाँकेमा भिटामिन ए खुवाउन स्वास्थ्य केन्द्र पुगेका बालबालिकाहरुलाई भिटामिन नखुवाई फर्काइएको छ । म्याद सकिएकै महिनाको भिटामिन ए क्याप्सुल खुवाउने तयारी गरिएकोमा क्याप्सुल ड्यामेज भेटिएपछि कार्यक्रमको अघिल्लो दिन अबेला कार्यक्रम स्थगित गरिएको थियो । स्थगित गरिएको सूचना सर्वसाधारणमा पुग्न नसक्दा आज बिहनै देखि अभिभावकहरु बालबालिका लिएर भिटामिन ए खुवाउन स्वास्थ्य केन्द्रहरुमा पुगेका थिए…