महोत्तरी । हिलाम्य खेतमा छुपुछुपु धान रोपेर मनाइने असारे–१५ पर्व महोत्तरीवासीका लागि यसपालि निरस भएको छ । कोभिड–१९ महाव्याधि सन्त्रासका बीच परेको पर्व बीउ, पानी र जनशक्तिको तारतम्य नमिल्दा निरस बनेको हो । बीउको अभावले समयमा ब्याड राख्न नपाएको, पानीको तारतम्य नमिलेको र मुख्य कुरा महाव्याधिले रोपाइँको जनशक्ति व्यवस्थापन गर्न नसकिँदा पर्व निरस बनेको किसान…