२० मंसिर २०८२, शनिबार | December 7, 2025

कोरोना भाइरसको संक्रमणबाट हालसम्म ७३ पुरुष र २२ महिलाको मृत्यु

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार अछामको रामारोशन गाउँपालिका वडा नं. ५ निवासी १८ वर्षीय युवकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मुटुका रोगी रहेका ती युवकको उपचारकै क्रममा साउन २८ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए…