१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी नगरपालिका-९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । मुटुसम्बन्धी, पित्तथैली र मिर्गौलाको समस्या देखिएको ती महिला् साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई त्यसै दिन कोरोना संक्रमण पुष्टि भएको थियो…