नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने प्रतिबद्धता जनाएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आह्वानमा आज भएको यातायात व्यवसायी र अस्पताल प्रशासनबीच भएको बैठकमा यातायात व्यवसायीहरुले क्यान्सरका बिरामीका लागि निःशुल्क यातायात सेवा दिने प्रतिबद्धता जनाएका हुन् । बैठकले नेपालगन्जबाट खजुरा हुँदै गुलरिया, राजापुरसहित सुदूरपश्चिम चल्ने…