बुटवल । रुपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबम धाममा नन्दी भगवानको प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा मन्दिर परिषरमा नव निर्मित नन्दी भगवानको प्राणप्रतिष्ठा कार्य गरिएको हो । सात दिनसम्म चलेका विभिन्न धार्मिक अनुष्ठानहरूको समापनसँगै बुधबार नन्दी भगवानको प्राणप्रतिष्ठा गरिएको हो। प्राणप्रतिष्ठा समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले पर्रोहा बोलबम धामको महत्त्व…