२३ चैत्र २०८२, सोमबार | April 7, 2026

राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घय दिँदै छठीमाताको पूजाअर्चना गरे । काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घय दिँदै छठीमाताको पूजाअर्चन भइरहेको छ…