प्रत्येक आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइन्छ। समाजमा रहेका हरेक मानिसलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने मानवरूपी देवता नै गुरु हुन् । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । महाज्ञानी महाभारतका प्रणेता अनेक…