१६ आश्विन २०७९, आइतबार | October 2, 2022

संकटको अवस्थामा किन बढ्छ आत्महत्या ? मनोपरामर्शदाता भन्छन्,– संकेत पहिचान गरे रोक्न सकिन्छ



नोवल कोरोनाभाइरस (कोभिड–१९)को कारणले संसार नै बन्दाबन्दीको अवस्थामा रहेको छ । यसैअवस्थाले मानवजातिको व्यक्तिगत, सामाजिक, आर्थिक, संवेगात्मक र व्यवहारगत पक्षमा असर पु-याइरहेको छ । बन्दाबन्दीको कारणले व्यक्ति आफ्नो दैनिकीलाई सहज रुपले संचालन गर्न सकिरहेको छैनन् । जसले गर्दा विभिन्न किसिमको मनोवैज्ञानिक तनावहरु उत्पन्न भैरहेको छ । यी तनावलाई सकारात्मक रुपले व्यवस्थापन गर्न नसक्दा व्यक्तिले आफ्नो ज्यानमा नै हानी पुर्‍याउने कामहरु गर्नथालेका छन् । जसलाई आत्महत्या वा आत्महत्याको प्रयासको रुपमा लिन सकिन्छ । व्यक्ति आफैले जानीजानी आफ्नो ज्यान लिने व्यहारलाई आत्महत्या भनेर परिभाषित गरिएको छ ।

नेपाल प्रहरी तथ्याङ्कअनुसार बन्दाबन्दीको अवस्थामा नेपालमा पनि आत्महत्याको संख्या गतवर्षको यसै अवधीको तुलनामा भन्दा यस वर्ष केही मात्रामा वृद्धि भएको देखिन्छ ।

नेपालको सन्दर्भमा बढी जोखिममा पर्न सक्ने व्यक्तिहरु
आत्महत्याको जोखिमलाई हेर्दा व्यक्तिको जीवनका अनुभवहरुले महत्वपूर्ण भुमिका खेलिरहेको हुन्छ । यस्तै आत्महत्याको दरलाई विश्लेषण गर्दा ती व्यक्तिहरु जो हिंसाको शिकार भएका, बाल्यकालमा दुव्र्यवहार, हेपाई, यौन हिंसा, आफुलाई एक्लोपन महशुस गरिरहेका, उदासिनता तथा चिन्ता विकार प्रभावित, आथिक तनावबाट ग्रसित व्यक्तिहरुले आत्महत्याको प्रयास गर्ने गरेको पाईन्छ । नेपालको अहिलेको अवस्थालाई हेर्दा क्वारेन्टाइनमा रहेको व्यक्तिहरुले पनि आत्महत्या गरिरहेका समाचार दिन प्रति दिन आईरहेको छ।

संकटको अवस्थामा किन बढ्न सक्छ आत्महत्या ?
प्रायः सामाजिक परिवर्तन, सामाजिक द्वन्द्वहरूले आत्महत्या प्रवृतिलाई बढाउने गर्दछ । यसबाहेक बालबालिकामा बढदै गएको उदासिनता, समुदायको सन्जालमा विखण्डन इत्यादिले आत्महत्या ब्यवहार ल्याउने गरेको छ । आवेशमा आउने किशोरकिशोरी, लागु पर्दाथको दुव्र्यसन, तनावपूर्ण अवस्थाले पनि आत्महत्या बढाउने गर्दछ ।

संकटको अवस्थामा मानिसहरु विभिन्न किसिमका मानसिक तनावहरु सामना गरिरहेका हुन्छन् । सवै व्यक्तिहरुले तनावको सामना गरी पहिले कै अवस्थामा फर्कन सक्ने क्षमता समान हुदैन । कसैको सामना गर्ने क्षमता राम्रो हुन्छ भने कसैको कमजोर हुन सक्छ । जुन व्यक्तिलाई पहिलेदेखि नै मानसिक समस्याबाट प्रभावित भईरहेका हुन्छन् साथै पुर्व अवस्था ग्रहण गर्न सक्ने क्षमता कमजोर हुन्छ ।

पारिवारिक सामाजिक सहयोग प्रणाली अनुकुल नभएको अवस्थामा व्यक्तिलाई संकटको कारणले आत्महत्या वा आत्महत्यको प्रयास गर्न सक्ने अवस्थामा पु-याउन सक्छ । सन् २०१५ को भुकम्प भन्दा तीन महिना अगाडिको नेपाल प्रहरीको तथ्याङ्कक र भुकम्प गैइसकेपछिको तीन महिनाको आत्महत्याको तथ्याङ्कलाई तुलना गर्दा  ४१ प्रतिशतले वृद्धि भैरहेको थियो । यसबाट के देखिन्छ भने संकटले आत्महत्याको केही संख्या बढ्न सक्छ । कोभिड–१९ को कारणले गर्दा पनि केही संख्यामा वृद्धि भएको छ ।

यो अवस्थालाई गम्भीर रुपमा लिएर कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्छ । क्वारेन्टाईनहरुमा विभिन्न प्रकारका मनोसामाजिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्छ । जसले गर्दा त्यहाँ रहेका व्यक्तिहरुको मानसिक तथा मनोसामाजिक समस्या वा तनावको जोखिमलाई न्यूनिकरण गर्न सकियोस् ।

आत्महत्या गर्नुपूर्व देखिने सक्ने केही संकेतहरु
व्यक्तिले कुनै न कुनै माध्यमबाट आत्महत्याको संकेतहरु दिइरहेको हुन्छ । ती संकेत पहिचान गर्न सकियो भने आत्महत्याबाट जोगाउन सकिन्छ । व्यक्तिहरुले निम्नानुसारका संकेतहरु देखाउने गर्दछन् :

कुनै पनि चीजमा रुची वा खुसीमा कमी हुने

व्यक्तिगत सरसफाईमा कमी हुने

सुताईको बानीमा परिवर्तन— धेरै सुत्नु वा थोरै सुत्ने

खाने बानीमा अचानक परिवर्तन— धेरै वा थोरै भोकको इच्छा/वजनमा घटबढ हुने

आत्महत्याबारे अरूसँग कुरा गर्न थाल्ने

मृत्यु वा मर्नेबारे बढि तल्लिन हुन थाल्ने

केहि नभनि रुने

पहिले महत्वपूर्ण लागेका कामहरु छोड्ने

पहिले पनि आत्महत्याको व्यवहारहरु देखाउने

अन्तिम चिठ्ठिहरु लेख्ने

आफुलाई मन पर्ने सामानहरु बाँढ्ने

उदासिनताका लक्षणहरु देखाएमा जस्तै : एक्लै बस्न रुचाउने, अशाहाय एक्लो भएको महशुस गर्ने, आफुलाई महत्वहीन महसुस गर्ने

समाचार प्रकाशित गर्दा ध्यानदिनु पर्ने कुराहरु
आत्महत्याको समाचार प्रकाशन प्रसारण गर्दा धेरै कुरामा विचार गर्नुपर्ने देखिन्छ । सामाचार कै कारण कतिपय आत्महत्या भएको पनि भिभिन्न अध्यनहरूले देखाएको छ । त्यसैले समाचार प्रकाशन प्रसारण गर्दा केही कुराहरुमा ध्यान पुर्याउनुपर्ने हुन्छ, जुन निम्न छन् :

आत्महत्या गर्ने व्यक्तिको व्यक्तिगत विवरण प्रकाशित नगर्ने

आत्महत्या रोकथामको लागि सही जानकारी प्रदान गर्ने

अफावह फैलाउने कार्य नगर्ने

आत्महत्याको सोच आएको आवस्थामा सामना गर्ने विधिहरुको बारेमा जानकारी दिने

आत्महत्याको समाचारलाई प्रमुख पृष्ठमा प्रकाशित नगर्ने

फोटो, भिडियो प्रयोग नगर्ने

व्यवस्थापन गर्ने तरिका
व्यक्तिले आत्महत्याको बारेमा कुरा गर्न थाल्यो भने हलुका रुपले नलिने । आत्महत्या गर्छु भन्नुको पछाडि मलाई अप्ठयारो छ मलाई मद्दत गर भन्न खोजेको हुन्छ । उसका अप्ठ्यारा पहिचान गरी सहयोग गर्दा आत्महत्याबाट जोगाउन सकिन्छ । कुनै पनि व्यक्तिले आत्महत्याको सोच वा प्रयास गरेको छ भने त्यसको व्यवस्थापनका निम्न उपायहरु अपनाउन सकिन्छ ।

भावनात्मक सहयोग
आत्महत्याको सोच वा प्रयास गर्ने व्यक्तिलाई बुझने कोशिस गर्ने र हौसला बढाउने ।

आत्महत्याको सोच वा प्रयास गर्ने व्यक्तिसँग कुराकानी गर्न प्रेरित गर्ने र उसका कुरा ध्यानदिएर सुन्ने ।

उसले ब्यक्त गरेका भावनाप्रति हल्का रूपले नलिने वा आलोचना नगर्ने बरू यथार्थ बताईदिने र आशा जगाउने कोशिस गर्ने ।

आत्महत्या कुरा गरेमा होशियार गम्भीर साथ कुरा लिने र यसबारे विशेषज्ञसँग कुरा गर्ने ।

सम्भवभएमा उसंग बाहिर घुम्न जाने, सिनेमा हेर्ने वा अन्य क्रियाकलाप गर्ने

थप सहयोगको आवश्यक परेमा मनोविद् तथा मनोपरामर्शकर्तासँग सम्पर्क गर्ने

दैनिकीलाई परिवर्तन गर्ने
हरेक दिनको दैनिकी बनाउने (खानाखाने समय, सुत्ने समय, उठ्ने समय तथा अन्य कार्यहरु)

व्यक्तिगत सफाईमा ध्यान दिने

पौष्टिक तत्व भएको खाना खाने

नियमित रुपमा शारीरिक कसरत गर्ने

कामगर्ने आराम गर्ने समय निर्धारण गर्ने

आफुलाई आन्नदीततथा रमाइलो हुने हेर्ने वा सहभागीहुने

चिकित्सकीय सहयोग
आत्महत्याको सोच बढ्दै गएमामनोचिकिसक संग भेट गराउने

(लेखकद्वय पौडेल र अधिकारी मनोपरामर्शदाता हुन्)

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ०७ बजे

इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश

काठमाडौं । कहिले पत्रकारलाई अपमानित शब्द प्रयोग गरेर त कहिले

‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशलाई

धनगढी । कैलालीको धनगढीमा सम्पन्न ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल

फुटवल हिंसामा परी इन्डोनेसियामा १ सय २७ बढीको मृत्यु

काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १

साल्मेडाँडामा समाधिस्थल निर्माण

लेखनाथ । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता

चिनियाँ राजदुत यान्छीको कार्यकाल सकियो, अर्को महिना स्वदेश फकिँदै

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना