२१ भदौ २०८३, आइतबार | September 7, 2026

नेतृत्वको निष्ठा डगमगाउँदा गलत सन्देश प्रवाह भइरहेको छ : सांसद राई

काठमाडौं । राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता भएको बताउँछन । सांसदसँग रासस संवादमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद राईले छवर्षे अवधिको संसदीय अनुभव सुनाउँदै नेतृत्वमा अठोटको अभावले जनतामा राजनीतिप्रति नै विश्वास गुम्दै गएको टिप्पणी गरे । “बाहिर हुँदा यो यहाँ कमी-कमजोरी छ, यसो गर्नुपर्छ…