२९ बैशाख २०८२, सोमबार | May 12, 2025

‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ बजारमा



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलनको विकासमा जनताको बहुदलीय जनवादले महत्वपूर्ण योगदान गरेकोे बताएका छन् ।

पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले लेखेको जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम नामक पुस्तक विमोचन गर्दै उनले कम्युनिष्ट सिद्धान्तलाई लोकतान्त्रिक बनाउन ‘जबज’ ले प्रेरित गरेको बताए ।

जनताद्वारा अनुमोदित भएर शासन सञ्चालन गर्ने, कार्यकर्ताबाट निर्वाचित भएर पार्टीको नेतृत्व गर्ने पद्धतिबाट निरङ्कुशताको अन्त गर्न सकिने विशेषता ‘जबज’ मा पाइने उनको भनाइ थियो ।

आफ्नो पार्टीले जबजलाई छोड्न नसक्ने बताउँदै अध्यक्ष नेपालले त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेकाले महाधिवेशनमा थप छलफल गरिने प्रस्ट पारे ।

पार्टी कमिटीभित्र वैचारिक दृष्टिकोणमा फरक मत राख्न, त्यसबारे बहस गर्न पाइने बताउँदै उनले भने, “हाम्रो पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकले केही राम्रा निर्णय गरेको छ, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीलाई चुस्त बनाउने, विधानलाई बलियो बनाउने काम हामीले गरेका छौँ ।”

अध्यक्ष नेपालले मुलुकमा उद्यमशीलताको विकास गरी जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री भुसालले समाजवादी क्रान्तिको कार्यभार पूरा गरी देशलाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने बताए । सङ्गठनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन जबजलाई संरक्षण गरी आर्थिक सशक्तिकरण गर्नुपर्नेमा जोड दिँदै उनले विद्यमान विसङ्गतिको अन्त्य गर्नुपर्ने विचार व्यक्त गरे ।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ५६ बजे

बुद्धजयन्ती कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुगे लुम्बिनी

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन्

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस

वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई

बुद्धले सामाजिक अन्याय, अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार-क्रान्तिको सूत्रपात गरेका थिए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा