एसएलसीमा उत्कृष्टताको मीठो फल हासिल गरेपछि उत्साहित भरोसेले नेपालगञ्जदेखि काठमाण्डौँसम्म कक्षा एघारदेखि बाह्रसम्म,एमबीबीएसदेखि एमडीसम्म पढ्नको लागि पनि छात्रवृत्तिकै टेकोबाट पूरा ग¥यो,बाबुआमालाई आर्थिक भार,नपारेर । अन्य आवश्यक खर्च मात्र घरबाट बेहोरिन्थ्यो । यसरी कृष्णभरोसे बालमिकी योग्य चिकित्सक बन्यो । डा.कृष्णभरोसे बालमिकी । यतिबेला कृष्ण भरोसेको उमेरको फन्को उकालोतिर चढ्दै गर्दा उसलाई जीवन दिने डाक्टर प्रमोद शर्माको…