[caption id="attachment_70338" align="alignright" width="165"] कवि डिबी गुरुङ[/caption] छरेको थिएँ धान अनि उमारेको थिएँ बीऊ रोपेको थिएँ असारमास खेतका गराहरुमा छुपुछुपु ! दर्के झरिमा थिएनन् स्यागु र छत्री पनि न थिए ओत लाग्ने प्लाष्टिक र टहराहरु ! खाएका थिए खुट्टाका ओैंलाहरु पैतालाहरु त चाल्नाजस्तै थिए हिलोले झरिले जीउ रुझेपनि प्यासले प्याक प्याक थियो ओंठ-मुख ! तैपनि…