एकाकार जीवनको प्रेमिलो अध्याय कमलको बुवाले छोरालाई बजारको स्कूलमा पढाउने भनेर गाउँबाट बजारमा सपरिवार बासान्तरण गराउनु भयो । त्यसैले दुई बर्ष अघि कमलको पढाई गाउँबाट सरेर बजारको त्रिभूवन माध्यमिक विद्यालयमा भैसकेको थियो । दुई बर्षपछि विमल,म र सुभद्रा पनि हाम्रो विद्यालयको अन्तिम पढाई सकेर छ कक्षाको खुट्किलो चढ्न बजारको सोही मा वि मा स्थानान्तरण भयौँ…